Techie IT
२०८२ फागुन १४, बिहीबार

सिडेनको अध्यक्षमा संस्थापन पक्षका उम्मेदवार रविभूषण झा निर्वाचित


नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन्।

कांग्रेस संस्थापन पक्षका उम्मेदवार झाले इतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समर्थक धनेन्द्र केसीलाई पराजित गर्दै अध्यक्ष पद जितेका हुन्।

निर्वाचनमा झाले १,३१५ मत प्राप्त गरे भने केसीले १,००२ मत ल्याएका थिए । कार्यसमितिका अधिकांश पदमा पनि झाको प्यानल विजयी भएको प्रारम्भिक परिणाममा देखिएको छ । निर्वाचन समितिले आधिकारिक घोषणा भने अझै बाँकी छ।

अन्य पदमा विजयीहरू:

उपाध्यक्ष: संस्थापन पक्षकै मदन पुरी १,२८० मतसहित विजयी भए । उनका प्रतिस्पर्धी सागर सशमेर शाहीले १,००९ मत पाए।

महासचिव: सुदर्शन शर्मा १,१७४ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी भुपेन्द्र श्रेष्ठले ९०२ र कुलराज खनालले २३५ मत पाए।

उपमहासचिव: खगेन्द्र अवस्थी निर्वाचित भए।

कोषाध्यक्ष: सुजित कोइराला विजयी भए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट