श्रेष्ठविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा, सुनुवाइ भोलि
                                                        नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।
यस मुद्दाको सुनुवाइका लागि सर्वोच्चले मंगलबार (भदौ १७ गते) पेसी तोकेको छ।
अदालतमा दायर निवेदनमा आयुष दाहालले श्रेष्ठले अदालत, न्यायाधीश र समग्र न्याय प्रणालीमाथि आँच आउने गरी टिप्पणी गरेको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमार्फत अदालत पुग्ने व्यक्तिहरूले ‘घुस खुवाउन वा भनसुन गर्न नसके न्याय नपाउने’ भन्ने आशयका अभिव्यक्ति दिएको भन्दै अवहेलनामा कारबाहीको माग गरेका हुन्।



    
तपाईको प्रतिक्रिया दिनुहोस