ऐन महरविरुद्ध मुद्दा दर्ता

नेकपा (एमाले) का नेता ऐन महरविरुद्ध मुद्दा दर्ता गरिएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरेको हो।
अब प्रतिवादी महर अदालतमा हाजिर भएपछि थुनामा पठाउने, धरौटीमा छाड्ने वा हाजिर जमानीमा राख्नेबारे थुनछेक निर्धारण हुनेछ।
महरमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत कसुर गरेको आरोप लगाइएको छ।
केहि समय अघि बझाङकी रश्मिला धामीलाई सामाजिक सञ्जालमा लाइभमार्फत चरित्रहत्या गरेको र मेसेज तथा स्टाटसमार्फत गालीगलौज गरेको आरोप महरमाथि लागेको हो ।
महर भदौ ११ गते प्रहरीसमक्ष हाजिर भई सोही दिन सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान दिएका थिए। बयान दिएपछि उनी हाजिर जमानीमा छुटेका थिए।
यस्तै, महरले ती महिलाविरुद्ध पनि सोही कसुरमा जाहेरी दिएका छन्। भदौ ११ गते नै ती महिलाको बयान लिएर उनलाई पनि हाजिर जमानीमा राखिएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस