नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ, गंगालाल अस्पतालमा भर्ना

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भई अस्पतालमा भर्ना भएकी छन्।
छाती दुख्ने समस्या देखिएपछि उनलाई सोमबार काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको हो। श्रेष्ठ पहिले नै मुटुरोगकी बिरामी रहेकी छिन्। गत वर्ष उनको मुटुको शल्यक्रिया पनि गरिएको थियो।
स्वास्थ्यमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना गराइएकी श्रेष्ठको अवस्था हाल क्रमशः सुधारोन्मुख रहेको उनका सचिवालयले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस