Techie IT
२०८२ भाद्र १९, बिहीबार

एमाले विधान अधिवेशनमा कर्ण थापाको फरक मत प्रस्तुत हुने


नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले दर्ता गराएको फरक मत भोलिबाट सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने भएको छ ।

बिहीबार बसेको सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले यो जानकारी दिएका हुन् । उनका अनुसार, थापाले आजै पार्टी केन्द्रीय कार्यालयमा आफ्नो फरक मत दर्ता गराएका थिए ।

ज्ञवालीले भने, “कर्ण थापाले आज प्रस्तुत गर्नुभएको फरक मतबारे भोलि विधान अधिवेशनमा छलफल हुनेछ ।”

यसअघि पनि एमालेका उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले विधान संशोधनसम्बन्धी विषयमा फरक मत राखेका थिए । तर, बिहीबारको सचिवालय बैठकले ती फरक मतबारे कुनै निर्णय भने गरेको छैन ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट