राप्रपामा गुटउपगुटको समस्या छैन : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न पार्टीहरूमा गुटउपगुटका कारण समस्या देखिए पनि राप्रपामा भने यस्तो समस्या नभएको बताएका छन्।
बेँसीसहर नगरपालिका–७ मा शुक्रबार आयोजित राप्रपा लमजुङ जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा एकताबद्ध रूपमा अघि बढेकाले कुनै समस्या नभएको स्पष्ट पारेका छन् ।
उनका अनुसार राप्रपा देश र जनताका लागि निरन्तर सङ्घर्ष गर्दै आएको पार्टी हो र आगामी दिनमा पनि एकता र समन्वयमार्फत जनहितलाई केन्द्रमा राखेर काम गर्नेछ।
कार्यक्रममा उनले प्रत्यक्ष जनताले चुनेर कार्यकारिणी प्रधानमन्त्री बनाउनुपर्ने माग आफ्नो पार्टीको रहेको पुनः दोहोर्याए।
तपाईको प्रतिक्रिया दिनुहोस