Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

एमाले विधान महाधिवेशन: आज निर्वाचन, लेखा र अनुशासन आयोगका प्रतिवेदन पेस हुने


नेकपा एमालेको जारी विधान महाधिवेशनको दोस्रो दिन आज थप तीन प्रतिवेदन पेस हुने भएका छन्। निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन आज पेस गरिने कार्यक्रम रहेको छ।

स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको फरक मत भने पहिलो दिन पेस हुने कार्यसूचीमा रहे पनि प्रस्तुत हुन सकेको थिएन। पहिलो दिन उद्घाटन सत्रसँगै अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको सांगठानिक प्रतिवेदन र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदन पेस भएका थिए।

आज बिहान ८ बजेबाट महाधिवेशन सुरु हुने र १० बजेसम्म प्रतिवेदन पेस गरी त्यसपछि समूहगत छलफल सुरु गर्ने कार्यक्रम रहेको अध्यक्ष तथा प्रधानमन्त्री ओलीले जानकारी गराएका छन्।

महाधिवेशनको समसामयिक प्रस्ताव लेखन समितिको संयोजकको जिम्मेवारी योगेश भट्टराईलाई दिइएको छ। महाधिवेशनमा देशभरिबाट आएका २ हजार २६ जना प्रतिनिधि तथा ३१५ जना आयोजकसहित कूल २ हजार ३४१ जनाको सहभागिता रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट