Techie IT
२०८२ फागुन १४, बिहीबार

ओलीले रोके कर्ण थापाको फरक मत


एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत प्रस्तुत गर्ने प्रयास गरेका थिए । तर, अध्यक्ष केपी शर्मा ओलीले हलमै प्रस्तुत गर्न नदिई समूहमा राख्न निर्देशन दिएका छन्।

थापाले महाधिवेशनको हलमा आफ्नो मत पेस गर्न चाहेका थिए। तर, अध्यक्ष ओलीले “यो कुरा हलमा होइन, समूहमा राख्नुस्” भन्दै रोकेका हुन्। थापा विद्यादेवी भण्डारीको पक्षबाट फरक मत पेस गर्ने तयारीमा थिए।

अध्यक्ष ओलीका अनुसार प्रतिवेदनहरूबारे अहिले १० वटा समूहमा छलफल भइरहेको छ। त्यसैले फरक मतसमेत समूहमै उठाउनुपर्ने भनाइ उनले दिएका हुन्। थापाको प्रतिवेदन भने महाधिवेशनका प्रतिनिधिहरूलाई वितरण गरिएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले थापाको विचार समूहमा राख्न सकिने स्पष्ट पारे। उनले भने, “उहाँलाई समूहमा कुरा राख्न भनिएको हो, छलफलमा रोक लगाइएको होइन।”

थापाले विद्यादेवी भण्डारीको सदस्यता रोक्ने, ७० वर्षे उमेर सीमा हटाउनेलगायतका प्रावधानबारे फरक मत प्रस्तुत गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट