पार्टी जनवादको मार्गमै अघि बढिरहेको छ - शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज) को मार्ग निर्देशनमा नै अघि बढिरहेको बताएका छन्।
पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आइतबार, नेताहरूले सङ्गठनात्मक प्रस्तावमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा महासचिव पोखरेलले सो कुरा बताए।
पोखरेलले केही मिडियाले एमालेले जबज छोड्यो भन्ने खालको प्रचार गरेको भन्दै, त्यस्तो अनर्गल प्रचार नगर्न सञ्चारकर्मीहरूलाई आग्रह पनि गरेका छन्। पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यस जानकारी दिएका छन्।
महासचिव पोखरेलले जबजलाई अघि बढाउने कार्यमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरन्तर अगुवाइ गर्दै आएको दाबी पनि गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस