Techie IT
२०८३ असोज २१, बुधबार

‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी र्‍यालीलाई मेयर बालेनको समर्थन


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबार हुने ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी र्‍यालीलाई पूर्ण समर्थन जनाएका छन्।

शाहले फेसबुकमार्फत यो र्‍याली स्वस्फूर्त र २८ वर्षभन्दा कम उमेरका युवाहरूको भएको भन्दै, यसमा कुनै पनि पार्टी, नेता वा अभियन्ताले आफ्नो स्वार्थ पूरा गर्न नहुने चेतावनी दिएका छन्।

उमेर हदबन्दीका कारण आफू र्‍यालीमा सहभागी हुन नसक्ने भए पनि शाहले युवाहरूको इच्छा, उद्देश्य र सोच बुझ्न इच्छुक रहेको बताएका छन्। उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट र स्वस्फूर्तरूपमा जेनजीको हो, जसका लागि म अझै बुढो देखिन्छु।’

मेयर शाहले युवाहरूलाई सम्बोधन गर्दै ‘कस्तो देश देख्न चाहनुहुन्छ?’ भनी प्रश्न गरेका छन्। साथै उनले, कुनै राजनीतिक दल, नेता वा कार्यकर्ताले र्‍यालीमा हस्तक्षेप नगर्नुपर्ने र युवाहरूको कुरा बुझ्नुपर्नेमा जोड दिएका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट