पालुङटारकी उपप्रमुख सुशिला श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश

गोरखा – पालुङटार नगरपालिका उपप्रमुख तथा नेसपा नेतृ सुशिला श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेकी छन्। ‘जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान’ का क्रममा सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेशपछि नेतृ श्रेष्ठले विभिन्न अनुभवका आधारमा नेसपाबाट देश र जनताको लागि ठोस काम गर्न नसकेको महसुस भएकाले माओवादी केन्द्रमै फर्किएको बताएकी छन् । उनले माओवादी केन्द्रलाई आफ्नो पुरानो घरका रूपमा लिँदै अब जनताको हितमा समर्पित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्।
अध्यक्ष प्रचण्डले श्रेष्ठको पार्टी प्रवेशलाई ‘आफ्नै घर आगमन’ भन्दै स्वागत गर्दै यसले संगठन थप सबल हुने विश्वास व्यक्त गरे। उनले अन्य नेताकार्यकर्तालाई पनि पुरानै घर फर्कन अपिल गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस