Techie IT
२०८३ वैशाख १८, शुक्रबार

जेनजीको आन्दोलन प्रहरी घेरा तोडी संसद् भवनभित्र


सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शन माइतीघरबाट नयाँबानेश्वरसम्म  नारा लगाउँदै बानेश्वरतर्फ अघि बढेका थिए।

बानेश्वरमा पुगेपछि प्रहरीले ब्यारिकेड राखेर उनीहरूलाई रोक्ने प्रयास गरेको थियो। प्रदर्शनकारीहरूले हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए। तर प्रहरीको घेरा तोड्दै उनीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन्। कतिपय प्रदर्शनकारीहरू गेट चढेर भवनभित्र छिरेका छन्।

भ्रष्टाचार र अव्यवस्थाविरुद्ध सामाजिक सञ्जालमार्फत लामो समयदेखि आक्रोश व्यक्त गर्दै आएका युवाहरू सामाजिक सञ्जाल नै बन्द गरिएपछि सडकमा उत्रिएका हुन्। सडक अवरुद्ध भएकाले सवारीसाधनको आवागमन प्रभावित भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट