Gen-Z Protest Impact
मेयर ध्रुव प्रसाद खरेलका छोरा सुरज खरेलले त्यागे एमाले
पिता ध्रुव प्रसाद खरेल भने हाल एमालेबाट निर्वाचित देवदह नगरपालिकाका मेयर छन्।

रुपन्देहीको देवदह नगरपालिकाका मेयर ध्रुव प्रसाद खरेलका छोरा सुरज खरेलले नेकपा एमाले पार्टी परित्याग गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत उनले एमाले त्यागेको घोषणा गर्दै पार्टी सदस्यता कार्डसमेत सार्वजनिक गरेका छन्। उनले २०६६ चैत १८ गते एमालेको संगठित सदस्यता लिएका थिए।
खरेलले लेखेका छन्, “निर्दोष बहिनी र भाइहरूको रगत बगाउने, नागरिकको पीडामाथि राजनीति गर्ने, जनताको आवाज दमन गर्ने यस्ता नालायक पार्टीमा बस्न मेरो नैतिकताले अनुमति दिँदैन।”
उनी भन्छन्, “आजदेखि म नेकपा एमालेसँगको सम्पूर्ण सम्बन्ध विच्छेद भएको घोषणा गर्दछु। म गर्वका साथ भन्छु, अब म यस्तो रगतले दागिएको पार्टीको सदस्य होइन।”
यसअघि सुरज खरेल युवा संघ नेपाल, लुम्बिनीका अध्यक्षसमेत रहेका थिए। तर अनुशासनहीन कार्य गरेको भन्दै संघले उनलाई पदबाट निलम्बन गरेको थियो। उनका पिता ध्रुव प्रसाद खरेल भने हाल एमालेबाट निर्वाचित देवदह नगरपालिकाका मेयर छन्।
तपाईको प्रतिक्रिया दिनुहोस