Techie IT
२०८३ असोज २०, मंगलबार

माओवादी केन्द्रले प्रधानमन्त्रीको राजीनामा माग्दै, बोलायो प्रतिपक्षी बैठक


नेकपा माओवादी केन्द्रले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै मंगलबार प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ।

सोमबार साँझ बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको हो। जेन-जी युवाहरूको आन्दोलनका क्रममा सोमबार काठमाडौंमा १७ र इटहरीमा २ युवाको मृत्यु भएको छ। आन्दोलनमा ३०० भन्दा बढी घाइते भएको माओवादीले जनाएको छ।

बैठकले मंगलबार साँझ देशभरका प्रत्येक स्थानीय तहमा श्रद्धाञ्जली सभा आयोजना गर्ने र आन्दोलनमा ज्यान गुमाएका सबैलाई शहीद घोषणा गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ।

त्यसैगरी, प्रदर्शन हिंसात्मक बन्नुका कारण पत्ता लगाउन निष्पक्ष न्यायिक समिति गठन गर्नुपर्ने र युवाहरूको आन्दोलनसँग ऐक्यबद्धता जनाउने निर्णय पनि पदाधिकारी बैठकले गरेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट