Techie IT
२०८२ फागुन १३, बुधबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्नेछ।

बैठकमा समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहने जनाइएको छ। सोमबार भएको जेनजी प्रदर्शनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे बैठकमा छलफल हुने बताइएको छ।

सोमबार नै पार्टीबाट गृहमन्त्री बनेका रमेश लेखकले राजीनामा दिएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट