नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्नेछ।
बैठकमा समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहने जनाइएको छ। सोमबार भएको जेनजी प्रदर्शनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे बैठकमा छलफल हुने बताइएको छ।
सोमबार नै पार्टीबाट गृहमन्त्री बनेका रमेश लेखकले राजीनामा दिएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस