Techie IT
२०८२ भाद्र २४, मंगलबार

सामूहिक राजीनामा दिदै रास्वपा सांसद


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। मंगलबार बसेको संसदीय दलको बैठकले विकसित परिस्थितिलाई ध्यानमा राख्दै यस्तो निर्णय लिन लागिएको सांसद तथा पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।

‘विकसित घटनाक्रमलाई मध्यनजर गर्दै सबै सांसद राजीनामा दिन तयार भएका छन्,’ उनले भने।  

सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सभापति रवि लामिछानेले सोमबार साँझ आफ्ना माग सम्बोधन नभए सांसदहरू राजीनामाको तयारीमा रहन निर्देशन दिएका थिए।

जेनजी युवाहरूको आन्दोलनमा सोमबार प्रहरीले चलाएको गोलीबाट १९ जनाको मृत्यु भएको थियो । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध सुरु भएको आन्दोलनपछि स्थिति नियन्त्रणबाहिर पुगेको छ। रास्वपाले यस आन्दोलनप्रति समर्थन जनाउँदै ऐक्यबद्धता प्रकट गरेको छ ।

आज मंगलबार पनि काठमाडौंसहित देशभर प्रदर्शन तीव्र बनेको छ। प्रदर्शनकारीहरूले संसद् बिघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिरहेका छन्। प्रतिनिधिसभामा रास्वपाका २१ सांसद छन् भने तीमध्ये असिम शाहले यसअघि नै राजीनामा घोषणा गरिसकेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट