सरकारी वकिलको कार्यालयमा आगजनी

जेनजी युवाहरूले मंगलबार बिहानै माइतीघर–भद्रकाली सडक छेउमा रहेको सरकारी वकिलको कार्यालयमा आगजनी गरेका छन्।
उग्र प्रदर्शनमा सहभागी युवाहरूले सरकारी भवन, मन्त्री निवास, नेताका घर र पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिरहेका छन्। प्रदर्शनको मूल कारण सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोध रहेको बताइएको छ।
सोमबार प्रहरीले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्दा १९ जना युवाको मृत्यु भएको थियो। मंगलबार कालिमाटीमा भएको प्रदर्शनमा थप दुई जना युवाको गोली लागेर मृत्यु हुँदा मृतकको संख्या २१ पुगेको छ।
प्रदर्शनकारीहरूले सिंहदरबार र सर्वोच्च अदालतमा समेत आगजनी गरेका छन्। स्थिति अझै नियन्त्रणबाहिर रहेको बताइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस