Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

लोकतन्त्रका आधारभूत मूल्य र सहअस्तित्वबाटै मुलुक अघि बढ्नुपर्छ - रास्वपा


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुक लोकतन्त्रका आधारभूत मूल्य–मान्यता र राजनीतिक सहअस्तित्वकै आधारमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएको छ।

बुधबार जारी गरिएको विज्ञप्तिमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले भने, “नयाँ परिस्थितिमा पनि मुलुक विधिको शासन, कानुनी सर्वोच्चता, मानवअधिकार, आवधिक निर्वाचन, अभिव्यक्ति स्वतन्त्रता जस्ता लोकतन्त्रका मूल्यमान्यता एवं राजनीतिक सहअस्तित्वकै आधारमा अगाडि बढ्नुपर्छ भन्नेमा रास्वपा दृढ छ।”

आन्दोलनमा युवा पुस्ताले देखाएको आकांक्षालाई राजनीतिक रूपमा सम्बोधन गर्ने वातावरण निर्माणमा पार्टी सचेत रहेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “राजनीतिक कोर्षलाई सही दिशामा अघि बढाउन, शान्ति–सुव्यवस्था कायम राख्न र सामाजिक सद्भाव अभिवृद्धिमा जनस्तरबाट निरन्तर खबरदारी र पहलकदमी आवश्यक छ। त्यसका लागि हामी सबैलाई सक्रिय हुन हार्दिक अपिल गर्दछौं।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट