युवाहरूले नेतृत्व दिए म प्रधानमन्त्री बन्न तयार छु - मेयर साम्पाङ

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफू प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन्।
बुधबार जंगी अड्डा परिसरमा पत्रकारसँग कुरा गर्दै साम्पाङले भने, “युवाहरूले नेतृत्व दिए म प्रधानमन्त्री बन्न तयार छु।”
जेनजी युवाहरूको एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वमा अघि सार्ने प्रस्ताव गरेपछि हर्क साम्पाङ आफ्ना केही समर्थकसहित जंगी अड्डा पुगेका थिए।
त्यसपछि सेनाको मुख्यालयमा “यदि मेयर बालेनले नेतृत्व लिन मानेनन् भने हर्क साम्पाङले लिनुपर्छ” भन्ने विषयमा जेनजी युवाबीच विवाद समेत भएको थियो।
तर, केही जेनजी युवाहरूले अहिलेको परिस्थितिमा सुशीला कार्की नै उत्तम विकल्प भएको बताएका छन्। हर्क साम्पाङ भने पत्रकारसँग कुरा गरेर जंगी अड्डाबाट निस्किएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस