Techie IT
२०८२ भाद्र २६, बिहीबार

बालेनको आदेश- प्रतिनिधि सभा विघटन गर !


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी युवाहरूलाई “तपाईंहरूले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ” भनी आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् केहीबेर अघि दिएका सन्देशमा मेयर शाहले अब देश अन्तरिम सरकारतर्फ अघि बढेको र त्यसले नयाँ जनादेश दिने काम भएको बताएका छन्।

उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई चुनावी सरकारको नेतृत्व गर्ने योग्य व्यक्तिको रूपमा उल्लेख गर्दै त्यसमा पूर्ण समर्थन रहेको धारणा व्यक्त गरेका छन्।

साथै, उनले राष्ट्रपतिसमक्ष अन्तरिम सरकार गठन र संसद् विघटन अविलम्ब गर्न सुझाव दिएका छन्।

बालेनको स्टाटस

प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,
अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।

यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।

यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।

तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।

सम्माननिय रास्ट्रपति ज्यु ,

Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट