Techie IT
२०८२ फागुन १३, बुधबार

संवैधानिक दायरामा रहेर निकास दिनेछु - राष्ट्रपति पौडेल


राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामा राखेर निकास दिनका लागि आफू सक्रिय प्रयास गरिरहेको बताएका छन्। उनले जारी गरेको वक्तव्यमा भनेका छन्, “देशको वर्तमान विषम परिस्थितिमा कसरी संवैधानिक ढंगबाट निकास दिन सकिन्छ र लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार–विमर्श एवं प्रत्येक प्रयास गर्दैछु।”

जेनजी आन्दोलनको क्रममा भएको उग्र प्रदर्शनपछि राष्ट्रपति पौडेल शीतलनिवासबाट नेपाली सेनाको सहयोगमा बाहिरिएका थिए। त्यसयता उनी सार्वजनिक रूपमा भर्चुअल माध्यममा देखिएका छैनन्।

वक्तव्यमा राष्ट्रपति पौडेलले सबै पक्षलाई अपिल गर्दै भनेका छन्, “आन्दोलनकारी नागरिकका माग छिटो समाधान गर्न खोजी भइरहेकोमा विश्वस्त रहनुहोस् र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्नुहोस्।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट