जेन–जीको माग संविधान र लोकतन्त्रकै दायराबाट सम्बोधन हुनुपर्छ - नेता विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले जेन–जी पुस्ताको भावना र आकांक्षालाई केन्द्रमा राखेर सार्वभौमसत्ता, संविधान र लोकतन्त्रको रक्षा गर्दै समस्याको समाधान संवैधानिक दायराभित्रै खोजिनुपर्ने बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमा जारी वक्तव्यमा विष्टले भनेः- जेन–जी आन्दोलनमा उठेका भ्रष्टाचार अन्त्य, सुशासन, विकास र समृद्धिको चाहना तथा आवाज विहीनहरूको माग संविधान र लोकतन्त्रकै माध्यमबाटै सम्बोधन सम्भव छ।
विष्टले थप भने, “हामीले विगतका कमीकमजोरीहरूको गम्भीर समीक्षा त गर्ने नै छौँ। तर वर्तमान संकटको समाधानका लागि लोकतन्त्र र संवैधानिक सर्वोच्चतामा विश्वास राख्ने जेन–जी पुस्ताका मित्रहरू, राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण दाजुभाइ–दिदीबहिनी एकताबद्ध भएर सजगताका साथ भूमिका निर्वाह गरौं। सङ्कटबाट मुलुकलाई जोगाऔँ।”
तपाईको प्रतिक्रिया दिनुहोस