Techie IT
२०८३ असोज २०, मंगलबार

२४ गतेको ताण्डवले दलहरूको नालायकी उजागर गर्‍यो - भूसाल


नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले भदौ २४ गते मुलुकभर अपराधीहरूले मच्चाएको ताण्डवले राजनीतिक पार्टीहरूको नालायकीको पराकाष्टा देखाएको टिप्पणी गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले भदौ २३ गते सत्ताले गरेको ‘नरसंहार’ र त्यसको भोलिपल्ट देखिएको ‘सैतानी ताण्डव’ दुवैले वर्तमान दलहरूको असक्षमता स्पष्ट पारेको बताए।

‘अहिलेको राजनीतिक गतिरोध जसरी अगाडि बढे पनि हामी असाधारण संकटका सामु उभिएका छौं,’ भूसालले लेखेका छन्, ‘यस अवस्थामा देशभक्ति, लोकतन्त्र र समृद्धिको आकांक्षा बोकेका सबै राजनीतिकर्मीहरूलाई सबै बारबन्देज तोडेर खुला छलफलमा आउन आह्वान गर्दछु।’

उनले नेताहरूका स्वार्थकै कारण कम्युनिष्ट आन्दोलन विभाजित भएको आरोप लगाउँदै सबै कम्युनिष्ट पार्टीका सदस्य, बुद्धिजीवी र शुभचिन्तकलाई एकजुट हुन आग्रह गरे।

भूसालका अनुसार भदौ २३ गते सुरक्षाकर्मीको गोलीमा निहत्था नागरिकको ज्यान जानु नेपालको राजनीतिक इतिहासमै ‘कायरतापूर्ण बर्बरता’ थियो । भोलिपल्ट भएको लूटपाट, आगजनी र तोडफोडलाई उनले ‘नेपाल–अङ्ग्रेज युद्धताका बेलायती फौजले गरेको आक्रमणभन्दा भयावह’ बताए ।

‘यी घटनाहरू सरकारको दुर्बुद्धिले मात्र भएको होइन, सत्तासीन खलनायकको बेवकूफीमाथि षड्यन्त्रकारीहरूले थपिएको विष थियो,’ उनले लेखेका छन्।

उनले आन्दोलनका अग्रजहरूले निर्माण गरेका लोकतन्त्र, देशभक्ति र सामाजिक न्यायका मूल्यहरू आज खेलबाडमा परेको उल्लेख गर्दै पार्टी नेतृत्वलाई स्वार्थी र यथास्थितिवादी पात्रले कब्जा गरेको आरोप पनि लगाए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट