Techie IT
२०८२ भाद्र २७, शुक्रबार

संसद् विघटनतिर अग्रसर हुनु विडम्बना - नेकपा एमाले


नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद् विघटनतिर अग्रसर हुनु विडम्बनापूर्ण भएको बताएका छन्।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत शुक्रबार भनेका छन्, “विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौं, खबरदारी गरौं।”

शुक्रबार साँझ जेनजी युवाहरूको मागअनुसार संसद् विघटन गर्ने र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमतिपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

यस्तै, एमाले सांसद सूर्य थापाले पनि संसद् विघटनको विरोध गरेका छन्। थापाले सामाजिक सञ्जालमा लेखेका छन्, “रामचन्द्र पौडेलको आत्मसुरक्षावादी कायरता र अनैतिक आत्मसमर्पणमा निर्दोष प्रतिनिधिसभा संहार गरिएको छ। लोकतन्त्रको प्रयोगशालामा कठपुतलीकरण भएको कालो दिन– भदौ २७ गते।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट