Techie IT
२०८२ भाद्र २८, शनिबार

जेनजीले प्रत्यक्ष कार्यकारी प्रमुखको अवसर गुमायो : सरल सहयात्री


नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले जेनजीले प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था स्थापना गर्ने ऐतिहासिक अवसर गुमाएको आरोप लगाएका छन्।

उनका अनुसार वर्तमान प्रतिनिधि सभाबाटै संविधान संशोधन गरी प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था सुनिश्चित गर्ने सम्भावना रहे पनि सो प्रक्रियामा अघि नबढ्दा अवसर गुमिएको हो।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष सहयात्रीले प्रतिनिधिसभा विघटनलाई पूर्वशर्त बनाउने अडान राखेर जेनजीले गम्भीर गल्ती गरेको टिप्पणी गरे। उनले भने, “अहिले र तत्काल, यही प्रतिनिधि सभा मार्फत संविधान संशोधन गरेर हुनसक्ने प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्थालाई प्रतिनिधिसभा विघटनलाई पूर्वशर्त ठान्ने बचकाना ढिपी गरेर जेनजीले ऐतिहासिक र गम्भीर गल्ती गरेको छ।”

उनका अनुसार यस अडानका कारण अब नेपालमा प्रत्यक्ष कार्यकारी प्रणाली स्थापना हुने सम्भावना निकै कम भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट