Techie IT
२०८२ भाद्र २८, शनिबार

सेनाको नियन्त्रणमा रहेका मन्त्रीहरू आजबाट फर्काइदै


जेनजी आन्दोलनका क्रममा नेपाली सेनाले नियन्त्रणमा लिएका निवर्तमान मन्त्रीहरूलाई क्रमशः मुक्त गर्न थालिएको छ।

उक्त आन्दोलनको चर्को समयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरू र विभिन्न दलका शीर्ष नेताहरूलाई सेनाले ‘सुरक्षाका निम्ति’ भन्दै नियन्त्रणमा लिएको थियो । उनीहरूलाई विभिन्न सैन्य गणमा राखिएको थियो।

भैरवनाथ गणमा रहेका निवर्तमान मन्त्रीहरूलाई आज सेनाले छोडेको स्रोतले जनाएको छ। सेनाले नियन्त्रणमा रहेकाहरूलाई मोबाइल फोन प्रयोग गर्न समेत रोक लगाएको थियो । तर सुशीला कार्कीले प्रधानमन्त्री पदको शपथ लिएपछि उनीहरूलाई मोबाइल चलाउन अनुमति दिइएको थियो।

आजदेखि भने घर फर्कन दिइएको निवर्तमान एक मन्त्रीले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट