Techie IT
२०८२ भाद्र २८, शनिबार

बडो जुक्तिले गणतन्त्र बच्यो, अब चुनाव सफल पारौँ - राष्ट्रपति पौडेलको अपिल


राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन्।

शनिबार वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले कठिन परिस्थितिबाट मुलुक शान्तिपूर्ण निकासमा पुगेको उल्लेख गर्दै चुनावलाई लोकतन्त्र सुदृढ गर्ने अवसरका रूपमा लिन आग्रह गरेका हुन् ।

वक्तव्यमा उनले भनेका छन्, "देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपछि एउटा शान्तिपूर्ण निकास निस्किएको छ। संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ। अब छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रतर्फ अघि बढ्ने अवसर जनताले पाएका छन्।"

राष्ट्रपतिले चुनावलाई सबै दल र पक्षले जिम्मेवारीपूर्वक धारण गर्ने विश्वास व्यक्त गर्दै ‘जनता रिझाउने मात्र नभई आफैंमा सम्हालिँदै’ अवसरको सदुपयोग गर्न आग्रह गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट