Techie IT
२०८२ भाद्र २९, आइतबार

अन्तरिम प्रधानमन्त्री कार्की आज पदभार ग्रहण गर्दै


नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका स्रोतअनुसार कार्की बिहान ११ बजे सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यतालिका तय भएको छ। गृह मन्त्रालयको नयाँ भवनबाट प्रधानमन्त्री कार्यालय सञ्चालन हुने तयारी छ।

शुक्रबार शपथग्रहण कार्यक्रम लगत्तै पदभार ग्रहण गरिने तयारी भए पनि शपथमा ढिलाइ भएपछि सो कार्यक्रम स्थगित भएको थियो।

प्रधानमन्त्री कार्की शनिबारदेखि बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएकी छिन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट