Techie IT
२०८२ भाद्र २९, आइतबार

आगजनी र तोडफोडमा पार्टीकार्यकर्ताको संलग्नता देखिए कडा कारबाही होस् - माओवादी केन्द्र


नेकपा (माओवादी केन्द्र) ले जेनजी आन्दोलनभित्र प्रतिगामी तथा लोकतन्त्रविरोधी तत्वहरूले घुसपैठ गरी भएको विध्वंस र वितण्डाको कडा रूपमा निन्दा गरेको छ। पार्टीले उक्त घटनाले आन्दोलनको मूल उद्देश्य र छविलाई धुमिल बनाएको जनाएको छ।

पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आन्दोलनभित्र प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्वहरू घुसेर जुन खालको विध्वंस र वितण्डा मच्चाएका छन्, त्यसको हामी कडा शब्दमा विरोध र भर्त्सना गर्दछौं।”

विज्ञप्तिमा माओवादीले आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा कुनै सदस्य वा पार्टीसँग सम्बन्धित व्यक्तिको संलग्नता देखिए कडाभन्दा कडा कारबाही हुने जानकारी गराएको छ । पार्टीले सरकारसँग समेत तथ्य र प्रमाण पाए कडा कदम चाल्न आग्रह गरेको छ।

त्यसैगरी, केही व्यक्तिहरूले आधारहीन रूपमा माओवादी कार्यकर्ताको संलग्नता भएको भनी प्रचार गरिएकोमा पार्टीले ध्यानाकर्षण गराएको छ र दुष्प्रचार नफैलाउन तथा समुदायमा भ्रम नहोस् भनी अपिल गरेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट