Techie IT
२०८३ असोज १९, सोमबार

राजनीतिमा संलग्न हुँदैन, सेवा चिकित्सामै निरन्तर लाग्छु - डा. सन्दुक रुइत


वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइत

नेत्रविशेषज्ञ डा. सन्दुक रुइतले आफू राजनीतिमा संलग्न नहुने स्पष्ट पारेका छन्। जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा भए पनि उनले सोमबार विज्ञप्ति जारी गर्दै त्यस्तो अड्कलबाजी असत्य भएको बताएका छन्।

‘मलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिन अनुरोध आउने गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, म स्पष्ट छु—मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीको सेवामा आफ्नाे सीप, ज्ञान र समय दिने हो।’

डा. रुइतले आफू चिकित्सकीय पेशामै संलग्न रहने उल्लेख गर्दै नेपालीहरूबाट भविष्यमा पनि साथ, सद्भाव र माया प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। उनले सबैले आ–आफ्नो पेशा र व्यवसायमा इमान्दारीपूर्वक लागे मुलुकको अवस्था परिवर्तन गर्न समय नलाग्ने टिप्पणी गरेका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट