Techie IT
२०८२ फागुन १२, मंगलबार

शपथ समारोहमा सभामुख घिमिरे अनुपस्थितहुनुको कारण के हो ?


शीतलनिवासमा नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रममा सभामुख देवराज घिमिरे अनुपस्थित रहेका छन् । सामान्यतया यस्तो समारोहमा सभामुखको अनिवार्य उपस्थिति हुने गरे पनि सोमबार उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रियसभाका अध्यक्ष मात्र सहभागी थिए ।

संसद सचिवालयका प्रेसविज्ञ शेखर अधिकारीका अनुसार सभामुख घिमिरे ज्वरो र टाउको दुखाइका कारण अस्वस्थ भएकाले समारोहमा सहभागी हुन सकेनन्। ‘दुई–तीन दिनदेखि उहाँ अस्वस्थ हुनुहुन्छ। सोमबार ठीक होला कि भन्ने लागेको थियो तर चिकित्सकले बेडरेस्ट गर्न भनेपछि बाहिर निस्कन सक्नुभएन,’ अधिकारीले जानकारी दिए।

सभामुख मात्र होइन, उपसभामुख इन्द्रिरा रानामगर पनि उक्त कार्यक्रममा उपस्थित थिइनन् । यद्यपि प्रतिनिधिसभा विघटन भइसके पनि सभामुख र उपसभामुखको पद भने नयाँ व्यक्तिको मनोनयन नहुँदासम्म कायमै रहने संवैधानिक व्यवस्था छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट