Techie IT
२०८२ भाद्र ३०, सोमबार

जेनजी आन्दोलनका शहीदहरूको स्मरणमा स्मारक पार्क निर्माण गरिने


गृहमन्त्री ओम प्रकास अर्याल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा ‘जेनजी स्मारक पार्क’ निर्माण गर्ने सैद्धान्तिक निर्णय गरेको छ।

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पत्रकारहरूसँग कुरा गर्दै भने, “जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा स्मारक पार्क निर्माण गर्ने सैद्धान्तिक सहमति भएको छ। तर, पार्कको स्थान भने अझै टुंगो लागिसकेको छैन।”

सरकारी तथ्याङ्कअनुसार हालसम्म जेनजी आन्दोलनका क्रममा ७२ जनाले ज्यान गुमाएका छन्। तीमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन् । यस्तै, १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएको मन्त्रालयले जनाएको छ।

भदौ २३ गते भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध उत्रिएका युवाहरू र सुरक्षाकर्मीबीच भएको झडपका क्रममा हिंसात्मक घटना भड्किएको थियो। त्यस क्रममा आगजनी र तोडफोड हुँदा धेरैले ज्यान गुमाएका थिए।

मृतक सबैको सनाखत भइसकेको छैन । विभिन्न ठाउँमा जलेका संरचना हटाउने क्रममा अझै शव फेला पर्ने क्रम जारी छ । आज बिहान मात्रै चाबहिल चुच्चेपाटीस्थित भाटभटेनी नजिकै ६ वटा शव भेटिएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट