Techie IT
२०८२ असोज १, बुधबार

रास्वपाले असोज १ मा शोक दिवस मनाउने, अबको रास्वपाको योजना के छ?


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठकले भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानमा असोज १ गतेलाई शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ । सो दिन पार्टी कार्यालयमा बिदा दिइने र राष्ट्रिय तथा पार्टीको झण्डा आधा झुकाइने प्रवक्ता मनिष झाले जानकारी दिए।

मंगलबार बसेको भर्चुअल बैठकले संविधान दिवस (असोज ३ गते) का दिन जेन–जी आन्दोलनमा ज्यान गुमाएकाप्रति सम्मान प्रकट गर्दै सबै जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय गरेको छ।

त्यस्तै, आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचना क्षेत्रको सफाइ र पुनःनिर्माणमा सघाउन सदस्यहरूलाई पार्टीको पहिचानबिनै स्वयंसेवकका रूपमा खटिने व्यवस्था मिलाइने भएको छ ।

बैठकले जेन–जी आन्दोलनका घाइतेहरूको उपचारमा विशेष ध्यान दिन पार्टीको स्वास्थ्य विभागलाई परिचालन गर्ने र सहिद परिवारसँग भेटघाट गर्दै आवश्यक सहयोग गर्ने निर्णय पनि गरेको छ।

यस्तै, असोज २ गतेदेखि पार्टीका गतिविधि नियमित सञ्चालन गर्ने र सबै विभागहरूले आफ्नो क्षेत्राधिकारभित्र पर्ने विषयमा समृद्धि–उन्मुख नीति, कार्यक्रम र संकल्प तयार गर्ने निर्णय गरिएको प्रवक्ता झाले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट