Techie IT
२०८२ फागुन १२, मंगलबार

जेन–जी आन्दोलनपछि नेपाल यात्रा गर्दा सतर्कता अपनाउन भारतीय दूतावासको एडभाइजरी


भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै भारतले आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ।

नेपालस्थित भारतीय दूतावासले स्थिति क्रमशः सामान्य हुँदै गएको भए पनि नेपाल यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ।

दूतावासले जारी गरेको एडभाइजरीमा भनिएको छ, “गत केही हप्ताको तुलनामा नेपालमा स्थिति सुधारिएको छ। सडकमार्ग र हवाई सेवा नियमित रूपमा सञ्चालनमा छन्। तर नेपाल यात्रा गर्ने भारतीय नागरिकहरूले सतर्क रहनुका साथै भारतीय दूतावास वा स्थानीय प्रशासनले जारी गर्ने एडभाइजरीको पालना गर्न सुझाव दिइन्छ।”

दूतावासले आफ्ना नागरिकहरूको सहायताका लागि हेल्पलाइन नम्बर, आपतकालीन सम्पर्क नम्बर र इमेल पनि सार्वजनिक गरेको छ र आवश्यकता परेमा दूतावाससँग सम्पर्क गर्न आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट