Techie IT
२०८२ असोज ६, सोमबार

केन्द्रीय कार्यालय राख्न भवन खोज्दै एमाले


च्यासलस्थित पार्टी कार्यालय भदौ २३ र २४ को आन्दोलनका क्रममा आगजनी भएर प्रयोगयोग्य नबनेपछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय राख्न भवन खोज्न थालेको छ।

आन्दोलनकारीले कार्यालयमा आगजनी र तोडफोड गरेर भवन ध्वस्त पारेकाले बैठक बस्न र पार्टीका अन्य गतिविधि सञ्चालन गर्न नसकिएको कारण नयाँ भवनको खोजी गर्नुपरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिएका छन् ।

एमालेका अनुसार आन्दोलनकारीले केन्द्रीय कार्यालयसँगै प्रदेश तथा जिल्ला पार्टी कार्यालयहरूमा समेत आगजनी र तोडफोड गरेका छन् । नेताहरूका अनुसार काठमाडौं र ललितपुरमा कार्यालयका लागि केही भवनहरू हेरे पनि अहिलेसम्म टुंगो लागिसकेको छैन ।

उनीहरूले केही दिनमै महासचिव शंकर पोखरेलको नेतृत्वमा केन्द्रीय कार्यालयको बैठक बसेर निर्णय गर्ने तयारी भइरहेको बताए। त्यस्तै, एमालेले आन्दोलनका क्रममा केन्द्रीय नेताहरूको घर र अन्य सम्पत्तिमा भएको क्षतिको विवरणसमेत सार्वजनिक गर्ने तयारी गरेको छ। विवरण संकलन भइरहेकाले केही दिनमै क्षतिबारे जानकारी गराउने कार्यालय सचिव अधिकारीले बताए।

‘प्रदेश–प्रदेशमा क्षतिको विवरण संकलन गरेर पठाउन भनिएको छ। केन्द्रको हकमा पनि विवरण संकलन गर्ने काम भइरहेको छ,’ अधिकारीले भने, ‘कार्यालयको बैठक बसेपछि क्षतिको विवरण पनि सार्वजनिक गरिनेछ।’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट