Techie IT
२०८३ असोज १८, आइतबार

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


काठमाडौं – नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज (मंगलबार) बिहान ११ बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

पार्टी सचिव देवेन्द्र पौडेलका अनुसार बैठकमा जेनजी विद्रोहपछिको राजनीतिक घटनाक्रम, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव, महाधिवेशन तयारीलगायतका विषयमा छलफल हुनेछ ।

बैठकले भोलि (बिहीबार) बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा पनि तय गर्नेछ । यसअघि असोज ५ गते बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले मौजुदा केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव राखेका थिए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट