Techie IT
२०८३ जेष्ठ ७, बिहीबार

आन्दोलन जेनजीको, बलिदान जेनजीको तर सरकारमा खोइ जेनजी?


विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारले जेनजी पुस्ताको प्रतिनिधित्व नगरेको टिप्पणी गरेका छन्।

धनुषास्थित पार्टी जिल्ला कार्यालय प्राङ्गणमा बिहीबार कार्यकर्तालाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेको आन्दोलन जेनजी पुस्ताले नेतृत्व गरे पनि मन्त्री पदमा उनीहरूको सहभागिता नभएको बताएका हुन्।

‘बनेका सबै मन्त्री योग्य देख्छु, एकसे एक व्यक्ति मन्त्री हुनुहुन्छ। तर एक जना पनि जेनजी युवा मन्त्री नबनाइनु के उनीहरूको योग्यताप्रति अविश्वास हो, कि आन्दोलनको अपहरण? आन्दोलन जेनजीको, बलिदान जेनजीको तर सरकारमा खोइ जेनजी?,’ उनले प्रश्न गरे।

जेनजी आन्दोलनमा अहिलेसम्म ७४ जनाको मृत्यु भएको स्मरण गर्दै उनले संविधान पनि घाइते अवस्थामा रहेको बताए। उनले निर्वाचनमार्फत संसद् ब्युँताएर संविधानलाई पुनः सही मार्गमा ल्याउनुपर्नेमा जोड दिए।

‘मंसिरभित्र १५औं महाधिवेशन वा मंसिर मसान्तभित्रै विशेष महाधिवेशन अहिलेको अनिवार्य बाटो हो। केन्द्रीय समितिबाट संयम र सहमतिपूर्वक त्यसतर्फ पुग्नुपर्छ,’ उनले भने।

महामन्त्री शर्माले आगजनीमा परेको कांग्रेस धनुषाको कार्यालय अवलोकनपछि मधेस प्रदेश सभा भवन, कांग्रेस प्रदेश कार्यालय, नेता विमलेन्द्र निधि, सहमहामन्त्री महेन्द्र यादव र केन्द्रीय सदस्य रामकृष्ण यादवलगायतका घरहरू पनि निरीक्षण गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट