Techie IT
२०८२ फागुन ११, सोमबार

अध्यक्ष प्रचण्डको ६४ लाखको घडी र छोरीको २८ लाखको ब्याग कहाँवाट आयो? - सार्क इन्चार्ज पन्त


नेकपा (माओवादी केन्द्र)को हालैको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाउने ६४ लाखको रोलेक्स घडी र उनकी छोरी गंगा दाहालले बोक्ने २८ लाखको लुई भिटन ब्याग विषयमा प्रश्न उठाइएको छ।

केन्द्रीय सदस्य तथा सार्क इन्चार्ज लक्ष्मण पन्तले लिखित प्रस्ताव पेश गर्दै अध्यक्षको घडी र छोरीको ब्यागको वैधानिकता र स्रोतमाथि प्रश्न उठाएका हुन्। उनले पार्टीभित्रै भ्रष्टाचारविरुद्धको कदम चाल्नुपर्ने भन्दै यदि मिडियामा आएका समाचार गलत छन् भने सम्बन्धित मिडिया र संसदमा प्रश्न उठाउने नेपाली कांग्रेसका सांसद सुनील शर्माविरुद्ध मानहानिको मुद्दा दायर गर्न अध्यक्षलाई चुनौती दिएका छन्।

पन्तले प्रस्तावमा भनेका छन्, “लामो समयदेखि अध्यक्षको ६४ लाखको रोलेक्स घडी र छोरीको २८ लाखको लुई भिटन ब्यागको विषय सार्वजनिक भएको छ। यदि मिडियामा आएको समाचार गलत हो भने तुरुन्तै मानहानि मुद्दा दायर गरौं।”

उनले ती सामग्री उपहारस्वरूप प्राप्त भए पनि व्यक्तिगत रूपमा प्रयोग गर्नु नैतिक रूपमा गलत भएको उल्लेख गर्दै पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि प्रधानमन्त्री हुँदा प्राप्त महँगा उपहार बेचेर निजी लाभ लिएको आरोपको उदाहरण दिएका छन्। पन्तले नेतृत्वको जीवनशैली र पारदर्शितामाथि उठेका प्रश्नहरूको निरूपण हुनैपर्नेमा जोड दिएका छन्।

साथै, उनले आफ्नो प्रस्तावमा पार्टीका नेताहरूको सम्पत्ति छानबिन, अजय सुमार्गीको ‘हेलो नेपाल’ प्रकरणमा राज्यलाई भएको करिब २० अर्ब नोक्सानी, जनमुक्ति सेनाको ‘पीएलए फन्ड’को २ अर्ब ८२ करोडको हिसाबकिताब, र विगत १८ वर्षमा ‘मालदार’ मन्त्रालय सम्हालेका नेताहरूले आर्जन गरेको लाभको निष्पक्ष छानबिन गर्नुपर्ने माग पनि राखेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट