Techie IT
२०८३ असोज १८, आइतबार

हाहा हुहु गर्नेहरूलाई देश छाडेर कहीँ भाग्छौँ जस्तो लाग्छ ?


नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उच्च पदस्थ व्यक्तिहरूको पासपोर्ट रोक्का गर्ने तयारी गरेकोप्रति आपत्ति जनाएका छन्।

शनिबार भक्तपुरको गुण्डुमा आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “म अहिले सुनिरहेको छु, सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ। पासपोर्ट रोक्ने? के ठानेको हो? यो हाहुको सरकारलाई देश जिम्मा दिँदा हामी विदेश भाग्छौं जस्तो लाग्छ ?”

ओलीले आफ्नै नेतृत्वको दलले देशलाई बनाउने र संवैधानिक तथा लोकतान्त्रिक मूल धारमा ल्याउने लक्ष्य रहेको पनि उल्लेख गरेका छन् ।

“हामीले यो देश बनाउनेछौँ, फेरि पनि संवैधानिक र लोकतान्त्रिक मूल धारमा ल्याउनेछौँ,” उनले भने।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट