Techie IT
२०८३ जेष्ठ ७, बिहीबार

देशमा प्रधानमन्त्रीको हातमा केही नरहेको थाहा पाएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिए - पूर्वप्रधानमन्त्री ओली


नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैको हिंसात्मक घटनाबारे सत्य–तथ्य छानबिनको माग गरेका छन्। शनिबार भक्तपुरको गुन्डुमा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा उनले आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो माग राखेका हुन्।

अध्यक्ष ओलीले गोलीकाण्ड र त्यसपछिको घटनाक्रमबारे व्यक्त गरिएका चिन्ता र सरकारप्रति उठेका प्रश्नका विषयमा प्रस्टता दिँदै भने, “सुरुमा गोली कसरी चलेको हो भनी मैले स्वयं सोधखोज गरेको थिए । पछि थाहा पाएँ १४ जनाको मृत्यु भयो भनेर । टाउकोमा गोली लागेको भन्ने जानकारी पनि आयो । यसबारे चिन्ता व्यक्त गरेेर छानबिन गर्न लगाएको थिए ।”

उनले घटनापछि अत्यन्त दुःखी रहेको र सत्य–तथ्य पत्ता लगाउन छुट्टै आयोग निर्माण गर्न समेत आग्रह गरेको बताए। तर, भोलिपल्ट आफ्नो हातमा केही नरहेको थाहा पाएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएको उनले स्पष्ट पारेका छन् ।

ओलीले आफूमाथि विभिन्न आरोप लगाइएको विषयमा जवाफदेही हुने भए पनि देशमा शान्ति र सामाजिक मर्यादा कायम हुनु आवश्यक रहेको बताए।

“ममाथि आरोप लगाए भन्ने कुरा आयो, म ती आरोपप्रति जवाफदेही हुनेछु, तर देशमा शान्ति र सामाजिक मर्यादा कायम हुनु आवश्यक छ,” उनले भने।

अध्यक्ष ओलीले समाजमा हतियारको स्थिति अन्त्य गर्न र शान्ति सुनिश्चित गर्न जोड दिंदै भने, “प्रहरीको हातबाट हतियार खोसेको व्यक्तिले तत्काल फिर्ता गर्नु आवश्यक छ, ताकि समाजमा स्थिरता कायम होस्।”

त्यसैगरी, उनले जेन–जी पुस्तालाई आवेगमा नआउन आग्रह गर्दै भने, “जेन–जी घरघरमै छन्। केहीलाई गुमराहमा राखिएको छ। तपाईंहरू भर्खरको पुस्ता हुनुहुन्छ, धेरै बाँच्नु छ। यसरी आगजनी गर्दै जाने, होटल र ऐतिहासिक सम्पदा ध्वस्त पार्दै जाने हो भने, खरानीमाथि बसेर सुखी हुन सक्नुहुन्छ?”

ओलीले जेन–जीलाई आवेगमा नआउन सुझाव दिँदै भने, “तपाईंहरू आवेगमा आउने होइन,”  । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट