Techie IT
२०८३ जेष्ठ ७, बिहीबार

तोसिमा कार्कीको चुनौती– ‘हिम्मत भए विशेष अधिवेशन गर’


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तोसिमा कार्कीले पार्टीको विशेष अधिवेशन बोलाउन नेतृत्वलाई खुला चुनौती दिएकी छिन्। शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनले पार्टी सभापति रवि लामिछानेको आशिर्वादसहित लाखौं कार्यकर्ता र शुभेच्छुकको विश्वास लिएर प्राप्त जिम्मेवारी सम्हाल्ने आँट रहेको उल्लेख गर्दै विशेष अधिवेशनको माग राखेकी हुन्।

कार्कीले लेखेकी छिन्, “हिम्मत भए संस्थापनले खुला विशेष अधिवेशन गरोस्। पार्टी सभापतिको आशिर्वाद लिएर लाखौं कार्यकर्ता तथा शुभेच्छुकको मतबाट दिइएको जिम्मेवारी सम्हाल्ने आँट तोसिमासँग छ।”

उनले पार्टीभित्र जिम्मेवार ढंगले राजनीतिक विषय उठाउँदा धम्की दिने र दिन लगाउने प्रवृत्तिको पनि आलोचना गरेकी छन् । “पार्टीलाई सुदृढ बनाउने, सफल बनाउने र समयअनुसार रुपान्तरण गर्ने उद्देश्यले उठाइएको राजनीतिक विषयलाई ‘गेट आउट’ भन्दै धम्की दिने, त्यसलाई मौन हेरेर बस्नेहरूलाई सार्वजनिक भण्डाफोर गर्न नपरोस्,” उनले चेतावनी दिएकी छिन्।

मिडिया ट्रायलमार्फत पार्टीभित्र भ्रम फैलाउने प्रयास भइरहेको भन्दै उनले प्रश्न उठाएकी छिन्, “कहिले राजीनामा दिन लाग्यो भनेर अफवाह फैलाउने, कहिले पार्टी बनाउने उद्देश्यसहित पेश गरिएको पत्रका चार बुँदा अध्ययन नगरी सभापतिको विकल्प खोजियो भन्दै विषय अतिरञ्जित गर्ने? विकल्प खोज्नेहरूलाई पार्टीबाट निकाल्नुपर्छ भनेर मिडिया ट्रायल गर्ने?”

जेन–जी आन्दोलनको क्रममा प्रहरीको गोलीबीच हिँडेकी अनुभवसमेत स्मरण गर्दै कार्कीले थपेकी छिन्, “तिमिहरूको प्रोपागाण्डा र हेपाहा बोलीसँग रत्तिभर डराउँदिन।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट