रातो पासपोर्ट र परिचयपत्र संसद् सचिवालयमा बुझाउन रास्वपाको निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पूर्वसांसदलाई रातो पासपोर्ट र सांसद परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार जेनजी प्रदर्शनपछि पदत्याग गरेका पूर्वसांसदलाई जतिसक्दो छिटो पासपोर्ट र परिचयपत्र बुझाउन आग्रह गरिएको हो।
यससँगै पार्टीले सबै तहका संगठनलाई चाडपर्वका कार्यक्रम पार्टीको नाम, ब्यानर वा झण्डा प्रयोग गरेर नगर्न पनि निर्देशन दिएको छ।
रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेनजीको अगुवाइमा सुशासनका लागि भएको परिवर्तनको महत्त्वपूर्ण आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा हामी राष्ट्रिय शोकको घडीमा छौं। तसर्थ यसपटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरी कुनै पनि चाडपर्वसम्बन्धी कार्यक्रम आयोजना नगर्न–नगराउन सबै तहका पार्टी पंक्तिलाई अनुरोध गर्दछौं।’



तपाईको प्रतिक्रिया दिनुहोस