Techie IT
२०८३ असार ३२, बिहीबार

चाडपर्वमा आएका उपहार नलिनु - रास्वपा


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चाडपर्वको अवसरमा नेताहरूलाई शुभकामना पत्रबाहेक अन्य कुनै उपहार स्वीकार नगर्न निर्देशन दिएको छ।

पार्टीका प्रवक्ता मनिष झाले आइतबार जारी गरेको विज्ञप्तिमा पूर्वसांसदहरूलाई आफ्नो रातो पासपोर्ट र सांसद परिचयपत्र तत्कालै संघीय संसद् सचिवालयमा बुझाउन आग्रह गरिएको छ।

विज्ञप्तिमा हालै जेन–जी आन्दोलनका क्रममा ७५ जनाले ज्यान गुमाएको स्मरण गर्दै त्यसलाई “राष्ट्रिय शोकको घडी” को रूपमा लिएको उल्लेख छ।

त्यसैले यसपटक पार्टीको नाम, ब्यानर वा झण्डा प्रयोग गरी चाडपर्वसम्बन्धी कुनै कार्यक्रम नगर्न र नगराउन सबै तहका पार्टी कार्यकर्तालाई आग्रह गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट