राष्ट्रपति पौडेलद्वारा विजयादशमीको शुभकामनाः ‘दशैंले सुख, शान्ति र समृद्धि ल्याओस्’
राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दु धर्मावलम्बीहरूको महान् चाड विजया दशमी–२०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
बिहीबार (२०८२ असोज १६ गते) शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभेच्छा प्रकट गरेका छन्।
सन्देशमा उनले सत्य, धर्म र न्यायको विजयको प्रतीकका रूपमा मनाइने यस महान् पर्वमा मान्यजनहरूबाट नवदुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशिर्वाद ग्रहण गर्ने परम्पराको स्मरण गरेका छन्।
यस अवसरमा राष्ट्रभर मेलमिलाप, सद्भाव र कल्याणको कामना गर्दै राष्ट्रपति पौडेलले दुर्गा भवानीसँग प्रार्थना गरेका छन्। साथै उनले मुलुकमा स्थायित्व, सुशासन र समृद्धि कायम होस् भन्ने शुभेच्छा समेत व्यक्त गरेका छन्।




तपाईको प्रतिक्रिया दिनुहोस