Techie IT
२०८२ असोज २१, मंगलबार

विप्लवले बोलाए आकस्मिक केन्द्रिय कमिटीको बैठक, के माओवादीसँग एकता होला?


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले असोज २५ गते कपिलवस्तुस्थित शिवगढीमा केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। स्थायी समिति बैठक असोज २३ गते बस्नेछ।

स्थायी समिति सदस्य अनिल शर्मा विरहीका अनुसार जेनजी विद्रोह पछिको राजनीतिक अवस्था, वामपन्थीबीच एकता र ध्रुवीकरण लगायत विषयमा निर्णय गर्न बैठक बोलाइएको हो।

उनका अनुसार माओवादी केन्द्रसँग एकताको प्रारम्भिक छलफल भए पनि ठोस प्रगति नभएकाले गम्भीर राजनीतिक समीक्षा आवश्यक देखिएको हो।

यसअघि नेकपाले भदौमा स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठक सम्पन्न गरेको थियो। भदौ महिनामै जेनजी विद्रोहका कारण कांग्रेस–एमाले गठबन्धन सरकार ढलेर सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो।

नेकपाले अन्तरिम सरकारले घोषणा गरेको फागुन २१ गतेको मध्यावधि निर्वाचनमा सहभागी हुने नीति लिए पनि अन्तिम निर्णय नगरेको बताइएको छ। देशभरिको संगठन कमजोर भएका बेला विप्लबलाई चुनावमा एक्लै जान पनि सहज देखिँदैन । माओवादी सँग एकता नभए एमाले सँग भएपनि पार्टी एकता वा कार्यगत एकता गरेर भएपनि चुनावमा जाने विप्लबको सोच रहेको बताइएको छ । जेनजीहरुले सडक कब्जा गर्दा विप्लबसँग अब सडकमा जाने बाटो पनि करिब करिब बन्द जस्तै भएको छ । 

विरहीका अनुसार माओवादी केन्द्रसँग तत्काल एकता हुने सम्भावना न्यून छ, किनभने माओवादीले केन्द्रीय समिति विघटन गरी मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट