Techie IT
२०८२ फागुन ११, सोमबार

अविरल वर्षाले पूर्वाधारमा ठूलो क्षति भएपनि मानवीय क्षति न्यून : मन्त्री घिसिङ


ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले अविरल वर्षाका कारण पूर्वाधारमा ठूलो क्षति पुगे पनि मानवीय क्षति न्यून भएको बताएका छन्।

उनका अनुसार पर्याप्त सूचना जारी गरी पूर्वतयारी गरिएकोले क्षति सीमित भएको हो। वर्षा कम भएसँगै अवरुद्ध सडकहरू खुलाउन कार्य सुरु गरिएको उनले बताए।

“सडक पूर्वाधारको आर्थिक क्षति यकिन हुन बाँकी छ, अहिले प्राथमिकता बाटो खुलाउनमा छ,” मन्त्री घिसिङले भने।

सडक विभागले अवरुद्ध राजमार्गहरू खुलाउन जनशक्ति र उपकरण परिचालन गरेको जनाएको छ। विभागका अनुसार पृथ्वी राजमार्ग, नारायणघाट–मुग्लिन खण्ड सञ्चालनमा आइसकेको छ भने बिपी राजमार्ग र मेची राजमार्ग पनि चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

विभागका महानिर्देशक विजय जैशीका अनुसार अवरोध हटाउने र डाइभर्सन निर्माणको काम तीव्र गतिमा भइरहेको छ। मन्त्रालयले देशभरका प्रशासन कार्यालय, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय निकायसँग समन्वय गरी सडक मर्मत र सञ्चालन कार्य अघि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट