Techie IT
२०८३ असोज १८, आइतबार

सुदन प्रहरी परिसरमा : ओली–लेखकलाई पक्राउ गर्न माग, ‘सडकबाटै देखाइदिन्छौं’ भन्दै हंगामा


निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकको पक्राउ माग गर्दै आफूलाई जेन–जी समूहको नेता दाबी गर्ने सुदन गुरुङ सोमबार साँझ प्रहरी परिसर काठमाडौं पुगेका छन्।

गुरुङको नेतृत्वमा गएको समूहले भद्रकालीस्थित प्रहरी परिसरमा निवेदन दर्ता गर्न खोजेको थियो। उनीहरूले जेन–जी आन्दोलनका क्रममा गरिएको दमनको जिम्मेवारी लिँदै ओली र लेखकमाथि अनुसन्धान गरी पक्राउ गर्न माग गरेका थिए।

तर, उक्त घटनाको छानबिनका लागि सरकारले गठन गरेको जाँचबुझ आयोगले काम गरिरहेको भन्दै प्रहरीले निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि ‘सडकबाटै देखाइदिन्छौं’ भन्दै सुदन गुरुङको टोली प्रहरी कार्यालयबाट बाहिरिएको थियो।

गुरुङको समूहले दिएको धम्कीपछि सुरक्षाको कारण देखाउँदै प्रहरी अधिकारीहरूले सावधानी अपनाउँदै सबै बिटका कर्मचारीलाई वृत्तमा उपस्थित हुन निर्देशन दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट