Techie IT
२०८३ जेष्ठ ६, बुधबार

अध्यक्ष ओलीले राजीनामा दिएर सहज निकास दिनुस् - उपाध्यक्ष अष्टलक्ष्मी शाक्य


नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीका पुराना नेताहरू सबैले विदा लिनुपर्ने प्रस्ताव राखेकी छन्।

सचिवालय बैठकमा लिखित मन्तव्य प्रस्तुत गर्दै उनले अहिलेको नेतृत्वमा पार्टी अघि बढ्न नसक्ने निष्कर्ष निकालेकी थिइन्।
बैठक स्रोतका अनुसार शाक्यले भनिन्, “पुरानाहरूले अब विदा लिनुपर्ने बेला आएको छ।”

त्यस क्रममा उनले अध्यक्ष केपी शर्मा ओलीलाई पनि राजीनामा दिएर सहज निकास दिन आग्रह गरेकी छन्। शाक्यले पहिलोपटक ओलीसँग प्रत्यक्ष रूपमा राजीनामा मागेकी हुन्।

उनले भनिन्, “भोलिपल्ट सरकार ढल्दैछ भन्ने पत्तो पनि भएन, अनि हरेक कुरा षड्यन्त्र भनेर मात्रै हुँदैन। अब नैतिक जिम्मेवारी लिएर तपाईंले सहज निकास दिनुहोस्, अरूलाई अगाडि बढ्न दिनुपर्छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट