Techie IT
२०८३ असोज १८, आइतबार

एमाले सचिवालय बैठक अहिले ११ बजे बस्दै


नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ११ बजे भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।

यसअघि हिजो बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल गरिएको थियो। बैठकले महाधिवेशनको माध्यमबाट अहिले उठिरहेका सबै प्रश्नको समाधान खोज्दै पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउने निष्कर्ष निकालेको ज्ञवालीले बताए।

ज्ञवालीका अनुसार हिजोको बैठकमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे पनि सविस्तार समीक्षा गरिएको थियो। बैठकले सरकारले राष्ट्रिय एकता कायम गर्न, कुनै पनि राजनीतिक दललाई निषेध नगरी सबैलाई समेटेर देशलाई एकताको दिशामा अघि बढाउनुपर्ने निष्कर्ष निकालेको थियो।

आजको बैठकमा पार्टी महाधिवेशनको मिति तोक्नेबारे मुख्य छलफल हुने बताइएको छ। एमालेको केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ गतेसम्मका लागि तय गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट