Techie IT
२०८२ असोज २८, मंगलबार

जनार्दन शर्माको आग्रह : ‘मुठभेड होइन, शान्ति र वैधानिकतामा जोड दिऊँ’


नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले देशमा शान्ति र वैधानिकता स्थापनाका लागि सबैलाई योगदान गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले वर्तमान परिस्थितिमा मुठभेड होइन, संवाद र सहकार्य आवश्यक रहेको बताएका छन्।

‘राष्ट्रभन्दा ठूलो केही छैन। अहिले मुठभेड गर्ने समय होइन, शान्ति र वैधानिकताका लागि योगदान गरौं,’ उनले लेखेका छन्।

शर्माले राष्ट्रको रक्षा र जनभावनाको सम्बोधनका लागि आवश्यक त्याग गर्न पनि तयार रहन सबैलाई आग्रह गरेका छन्।

‘के–के त्याग गर्दा राष्ट्र बलियो हुन्छ र जनभावना सम्बोधन हुन्छ भन्ने सोच्दै, त्यसका लागि आफैंलाई तयार पारौं,’ उनले भनेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट